यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

  • कालिका खवर
  • मङ्लबार, असार १६, २०८३
  • काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा दुर्घटना भएको हो । शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको हो ।

    घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । धेरै उपचारपछि फर्किसकेको र केही घाइतेहरुलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकलकलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

    बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar