साधारण सभाका अवसरमा निवर्तमान अध्यक्ष खनाल सम्मानित

  • कालिका खवर
  • आइतवार, असार १४, २०८३
  • प्रकाश समीर

    काठमाडौं। राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले आफ्नो साधारणसभाका बीच निवर्तमान अध्यक्ष गुणराज खनाल सम्मानित गरेको छ । खनाल हालै होटल व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएको सन्दर्भमा संघले सम्मान गरेको हो । संघको स्थापना र संस्थागत विकासमा पुर्‍याएको उल्लेखनीय योगदानकोसमेत कदर गर्दै संघको सातौं वार्षिक साधारण सभा–२०८३ का अवसरमा उनलाई विशेष सम्मान प्रदान गरिएको महासचिव नन्दु घर्ति मगरले जानकारी दिए ।

    काठमाडौंको सोह्रखुट्टेस्थित एन्ड्रोज क्याफे एण्ड रेष्टुरेन्टमा शनिवार सम्पन्न साधारण सभामा पूर्व अध्यक्ष खनाललगायत गायक बखानसिंह गुरुङ, सेक्युरिटी गार्ड धनप्रसाद अधिकारी, वेटर गीता रोका मगर, गायिका सनम पुर्जा मगर, सुनिल लामिछाने, संस्थापक अध्यक्ष चुडा बहादुर कार्कीलगायत विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

    “लोकदोहोरी व्यवसायीहरूको ऐक्यबद्धता, कला र संस्कृतिको संरक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मूल नारासहित सम्पन्न साधारण सभाको अध्यक्षता संघका अध्यक्षदीप सागर थापा मगरले गरेका थिए भने संस्थापक अध्यक्ष चुडा बहादुर कार्की प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, महासचिव मित्रप्रसाद ढकाल, संघका संस्थापक महासचिव प्रेम श्रेष्ठ, निवर्तमान महासचिव भीमनारायण श्रेष्ठ, नेपाल प्रहरीका वरिष्ठ निरीक्षक प्रकाश भेटुवाल, प्रहरी नायब उपरीक्षक रबिन बिष्ट, प्रहरी निरीक्षक सुमित श्रेष्ठ, गोर्खा ब्रुअरीका सिनियर म्यानेजर रवीन्द्र सुवेदी, डिभाइन वाइन प्रालिका कृष्णहरि अधिकारी, एस्टिम जुसकी दीक्षा थापा, कलाकार, व्यवसायी, समाजसेवी, पत्रकार तथा दोहोरी साँझ सञ्चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    महासचिव नन्द घर्ती मगरले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिलु सलामी मगरले छोटो मिठो स्वागत मन्तव्य राखेकी थिइन्। साधारण सभामा संघको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धि र आगामी कार्यदिशाबारे व्यापक छलफल भएको थियो।
    साधारण सभाको बन्द सत्रले विभिन्न प्रस्तावनाहरु पारित गरेको तथा विधान संशोधन लगायतका महत्वपूर्ण प्रस्तावहरु माथि व्यवसायीहरु बीचको व्यापक छलफलबाट पारित गरिएको बताउदै आगामि दिनमा संस्थालाई अझ एकतावद्ध र बलियो बनाएर अगाडि लैजाने प्रतिवद्धता अध्यक्ष दीपसागर थापाले व्यक्त गर्नु भएको थियो । अध्यक्ष थापा चर्चित लोक तथा दोहोरी गायक तथा समाजसेवी हुन ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar