गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

  • कालिका खवर
  • सोमवार, असार ८, २०८३
  • सिमकोट : सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ ।

    उनलाई सोही दिन बेलुका हुम्ला जिल्ला अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

    स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीले रक्तचाप बढेर १७०/१२० पुगेको थियो । उपचारका क्रममा उनी बेहोस भएको र पाँचपटकसम्म झड्का आएको उनले बताए।

    डा तिवारीका अनुसार लामाको गर्भमा रहेको बच्चा ३१ हप्ताको मात्रै रहेको छ । भिडियो एक्सरे जाँच गर्दा बच्चाको तौल करिब १२ सय ग्राम मात्रै देखिएको र बच्चाको तौल कम भएकाले थप उपचारको आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar