ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

  • कालिका खवर
  • सोमवार, असार ८, २०८३
  • काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

    भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए।

    घाइते दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar