राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

  • कालिका खवर
  • मङ्लबार, असार २, २०८३
  • काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

    राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका एक जना उच्च अधिकृतले बताए । विभागको ३०१ नम्बर कोठाबाट उनलाई नियन्त्रणमा लिएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar