९ औँ राष्ट्रब्यापी टिकाभैरब सो क्योकुसिन फूल कन्ट्याक्ट कराँतै सुरु, पुरुष र महिला गरी तौल समूहमा प्रतिस्पर्धा

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३०, २०८३
  • ललितपुर – ९ औँ राष्ट्रब्यापी टिकाभैरब सो क्योकुसिन फूल कन्ट्याक्ट कराँतै प्रतियोगिता ललितपुरमा सुरु भएको छ ।

    टिकाभैरब सो क्योकुसिन कराँते शाखा डोजोको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा १ सय १० जना खेलाडीको सहभागीता रहेको छ । प्रतियोगिताको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले उद्घाटन गरिन् ।

    टिकाभैरबको मन्दिर प्रागंणको मयुर एकेडेमीमा आइतबारसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ २५ केजी , ३० केजी , ३५ केजी र ५० केजी तौल गरी ४ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक टिमका सुजन नगरकोटीले जानकारी दिए ।

    उनका अनुसार महिलामा भने २५ केजी , ३० केजी , ३५ केजी, ४० केजी र ४५ केजी गरी ५ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहका विजेता खेलाडीहरुलाई मेडल ,ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा वेस्ट फाइटर पुरुष र महिला अर्वाड पनि प्रदान गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar