भारतीय वायुसेनाको विमान दुर्घटना, पाइलटसहित ५ जनाको मृत्यु

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३०, २०८३
  • काठमाडौं । भारतीय वायुसेनाको एएन–३२ कार्गो विमान आसामको जोरहाट एयर फोर्स स्टेशनमा दुर्घटनाग्रस्त भएको छ । शनिबार भएको दुर्घटनामा पाइलटसहित पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    भारतीय वायुसेना अनुसार, विमान जोरहाट एयरफिल्डमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा सह–चालकलाई उद्धार गरिएको छ र उनको उपचार भइरहेको छ ।

    दुर्घटना लगत्तै विमानमा ठूलो आगो लागेको थियो । दुर्घटनाको कारण खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar