प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

  • कालिका खवर
  • सोमवार, जेष्ठ २५, २०८३
  • काठमाडौँ : विपक्षी दलहरूको लगातारको नाराबाजी र अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए । सभामुखले पटक-पटक बैठकलाई सुचारु गर्न र आफ्नो सिटमा बस्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरूले नाराबाजी जारी राखेपछि संसद्‌को गतिरोध तत्कालका लागि अन्त्य हुन नसकेको हो ।

    विपक्षीको निरन्तरको अवरोध र होहल्लाका कारण संसद्‌को कार्यसूची अगाडि बढाउन नसकिएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar