रोल्पामा पिकअप गाडी दुर्घटना, ३ जनाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन बाँकी छ ।

    उनका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar