नागढुङ्गाबाट ब्राउनसुगर सहित एक महिला पक्राउ

  • कालिका खवर
  • बुधबार, बैशाख ३०, २०८३
  • काठमाडौँ : लागूऔषध ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छन् । बुधबार बिहान चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २ सय ६ ग्राम ब्राउनसुगरसहित झापा बिर्तामोड नगरपालिका–४ बस्ने ३४ वर्षीया गंगा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९८५१ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पक्राउ परेकी राईमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar