सुकुम्वासीमाथि दमन रोक्न माग गर्दै प्रदर्शन

  • कालिका खवर
  • बुधबार, बैशाख ३०, २०८३
  • काठमाडौँ : सुकुम्वासीमाथि राज्यले दमन गरेको भन्दै बुधबार काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। संयुक्त संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरिएको हो। काठमाडौँ उपत्यकाका सुकुम्वासी बस्तीमाथिको दमन, बढ्दो महंगी र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेपविरुद्ध माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको छ।

    प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुम्वासीमाथि दमन गरिरहेको आरोप लगाए। सुकुम्वासीको समस्या समाधान गर्नुको सट्टा राज्यले बल प्रयोग र दमनलाई प्राथमिकता दिएको त्यसका विरुद्ध नागरिक समाज र मानव अधिकारकर्मी एकजुट भएर विरोध गर्नुपर्ने बताए। सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा हटाएको थियो। त्यस्तै, देशभर सुकुम्वासी बस्ती खालि गर्ने क्रम चलिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar