पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविराम लम्ब्याउने ट्रम्पको घोषणा

  • कालिका खवर
  • बुधबार, बैशाख ९, २०८३
  • वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पाकिस्तानको अनुरोधलाई स्वीकार गर्दै इरानसँगको युद्धविराम अवधि लम्ब्याउने घोषणा गरेका छन्। उनले युद्धविराम कायम रहने भए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राखिने स्पष्ट पारेका छन्।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानको सरकारभित्र गम्भीर विभाजन देखिएको उल्लेख गरेका छन्। उनले इरानले अझैसम्म एकीकृत धारणा प्रस्तुत गर्न नसकेको दाबी गरे।

    ट्रम्पका अनुसार पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज सरिफ ले युद्धविराम लम्ब्याउन आग्रह गरेका थिए। “इरानका नेताहरू र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याउन समय दिन आवश्यक देखिएको छ,” ट्रम्पले भने।

    युद्धविराम लम्ब्याउने निर्णयले तत्काल द्वन्द्वको तीव्रता कम गर्ने अपेक्षा गरिए पनि नाकाबन्दी जारी रहने घोषणाले क्षेत्रीय तनाव अझै कायम रहने संकेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar