मन्त्री नपाएपछि गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

  • कालिका खवर
  • बुधबार, बैशाख २, २०८३
  • काठमाडौँ । मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिएका हुन्।

    बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा  माघ २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन्।

    राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्।

    उनले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताएका छन्। आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।

    कुँवर नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्। आजै गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । जसमा उनी आकांक्षी भएपनि नाम समेटिएको थिएन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar