मन्त्रिपरिषद् बैठक सुरु

  • कालिका खवर
  • शुक्रबार, चैत्र १३, २०८२
  • काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

    बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

    उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ । धेरैजसो मन्त्रीहरूले पदभार ग्रहणमा पहिलो निर्णय लिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar