नगदसहित पक्राउ परेका सिरहा-३ का उम्मेदवार यादव रिहा

  • कालिका खवर
  • बुधबार, फाल्गुन २०, २०८२
  • सिरहा :  प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा रकमसहित पक्राउ परेका सिराहा निर्वाचन क्षेत्र नम्बर ३ का जसपा नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव रिहा भएका छन् । जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएको हो ।

    उनी गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए । माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा संयुक्त चेकजाँच गर्ने क्रममा उक्त रकमसहित यादव पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar