सन्दन थापामगरलाई शुभेच्छासहित प्रश्नै प्रश्न ? नरम हुँदै सन्दन भन्छन् – चर्चा र भाषण भन्दा काम गर्छु , पर्यटकीय नगर बनाउँछु

  • कालिका खवर
  • आइतवार, फाल्गुन १७, २०८२
  • ललितपुर– ललितपुर क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वार सन्दन थापा मगर ललितपुर महानगरपालिकाका विभिन्न वडामा चुनावी घरदैलोका क्रममा पुग्दा त्यहाँका वासिन्दाले प्रश्नै प्रश्न गरेका छन् ।

    उनीहरुले सन्दनलाई भोट दिनुपर्ने कारण सोध्दै विकास निर्माण र वैदेशीक रोजगारीमा यूवाहरु जाने परिस्थिती रोकिदिन आग्रह गरेका छन् ।
    त्यहाँका मतदाताहरु नयाँ उम्मेद्वार चाहन्छन् । उनीहरु पटक पटक देखीने अनुहार र अहिले देशब्यापी रुपमा आएको लहरको पछाडी छैनन् तर पनि आफ्नो भूगोल बुझ्ने यही क्षेत्रमा बसेर काम गर्ने उम्मेद्वार अहिले आवश्यक भएको उनीहरुको आकांक्षा छ ।

    यहाँका मतदाताले ठूला ठूला नेता र दोहोरिने अनुहार भन्दा यहीँका स्थानीय उम्मेद्वार सहि भएको टिप्पणी गरेका छन् ।
    उनीहरुले ठूला ठूला नेताले कुरा मात्रै ठूलो गर्ने , कतिले चर्चा र स्टन्ट मात्रै गर्छन् तर काम गर्ने बेला आफ्नो वस्तीकै पनि वास्तै नगर्ने गरेको यथार्थ औल्याए ।

    ललितपुर क्षेत्र नम्बर ३ को एमाले उम्मेद्वार सन्दन थापामगरलाई झम्सीखेल वरपर घरदैलोका क्रममा पुग्दा त्यहाँका वासिन्दाले राम्रो सद्भाव देखाउँदै यही भूगोलको पीर मर्का बुझ्ने एक मात्र उम्मेद्वार भएको बताए ।

    थापाले जनताको भावना अनुसार काम गर्दै लैजाने बताउँदै ललितपुरलाई देशकै उत्कृष्ट र कलात्मक शहर बनाउने आकांक्षा रहेको बताए ।
    पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका थापाले ललितपुरलाई कलात्मक शहर बनाउँदै बर्षमा २५ लाखले घुम्ने वातावरण बनाउनुपर्ने बताए ।
    त्यसको प्रवद्र्धनका लागि मैले पहिलेदेखि काम गर्दै आएको छु र प्रतिनिधिसभा सदस्य निर्वाचित भएपश्चात् मेरो आकांक्षालाई पूर्णता दिन थप बाटो खुल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar