गोरखाको विकास अब नारामा सीमित हुँदैन : आरसी लामिछाने

  • कालिका खवर
  • बिहिबार, माघ २२, २०८२
  • गोरखा । नेकपा एमालेका उम्मेदवार आरसी लामिछानेले गोरखाको विकास अब भाषण र नारामा मात्र सीमित नरहने स्पष्ट गर्नुभएको छ। गोरखा क्षेत्र नं. १ बाट सूर्य चिन्हसहित चुनावी मैदानमा अघि बढ्दै उहाँले सुशासन, रोजगारी र समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभयो।

    स्थानीय मतदातालाई सम्बोधन गर्दै लामिछानेले परिवर्तनको यात्रालाई मजबुत बनाउन जनताको मत निर्णायक हुने उल्लेख गर्नुभयो। “तपाईंको मतले गोरखामा वास्तविक परिवर्तनलाई बल पुग्नेछ,” भन्दै उहाँले आम गोरखाबासीलाई विकास र सुशासनका पक्षमा उभिन अपिल गर्नुभयो।

    उहाँका अनुसार युवालाई रोजगारी, पारदर्शी शासन व्यवस्था र दिगो विकास नै गोरखाको भविष्यको आधार हो। एमाले उम्मेदवार लामिछानेले जनताको विश्वास र साथले गोरखालाई समृद्धिको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar