मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

  • कालिका खवर
  • सोमवार, मंसिर २९, २०८२
  • काठमाडौँ : मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले जनमतबाहेक सात दलीय गठबन्धनबाट मन्त्रालय तोकेर एक-एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

    आज बसेको सात दलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एक-एक जना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar