सर्वोच्चको आदेशपछि प्राधिकरणमा हितेन्द्रदेव शाक्य पुनर्बहाली

  • कालिका खवर
  • बुधबार, मंसिर २४, २०८२
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्बहाली भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शाक्य बुधबार (मंसिर २४ गते) प्राधिकरणमा हाजिर भएका हुन् ।

    सर्वोच्च अदालतले शाक्यलाई प्राधिकरणमा पुनर्बहाली गर्नुपर्ने आदेश सुनाएको दुई दिनपछि उनले कार्यभार सम्हालेका छन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ ले शाक्यलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।

    शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा अतिरिक्त सचिव सरहको पद सिर्जना गरी स्थानान्तरण गरिएको थियो । आफ्नो पदावधि बाँकी रहँदै प्रतिशोधपूर्ण ढंगले हटाइएको भन्दै शाक्यले गत कात्तिक १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    अदालतले गत मंसिर २२ गते आदेश दिँदै शाक्यलाई पुनर्बहाली गर्न निर्देशन दिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar