देवीनगरमा महानगरले चलायो डोजर

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिका–१०, देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइएको छ । देवीनगरमा भद्रकुमारी स्पोट्र्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई आज महानगरले डोजर लगाएर भत्काएको हो ।

    देवीनगर (धोबीखोला करिडोरखण्ड) स्थित सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोट्र्स पार्क बनाउन केही दिनअघि शिलान्यास गरिएको थियो । पार्क बनाउने स्थानलाई खाली गर्न ती संरचना हटाइएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेले जानकारी दिए ।

    पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल पाँच रोपनी १० आना दुई पैसा अर्थात् दुई हजार ८८० वर्गमिटर रहेको महानगरले जनाएको छ । पार्कभित्र खुला व्यायामशाला, ब्याडमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण गरिने महानगरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar