कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्‍यो

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको बैठक आइतबारलाई सारिएको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको बैठक सारेर मङ्सिर १४ गते आइतबार दिउँसो २ बजे बस्नेतरी बोलाइएको जानकारी दिए ।

    उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थिति हुन पार्टीले निर्देशन दिएको छ ।

    नेपाली कांग्रेसमा पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयलाई लिएर विवाद छ । जसकारण लामो समयदेखि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न सकिरहेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar