राष्ट्रिय सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूले काठमाडौँको राष्ट्रियसभा गृहमा भेला गरेका छन् । बुधबार कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भइरहेको भेलामा विशेष महाधिवेशन माग्ने नेताहरूले उनीहरूले सम्बोधन गरिरहेका छन् ।

    कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर संकलन गरेको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । आफूहरूको सो माग बमोजिम विशेष महाधिवेशन गर्न दबाब दिने उद्देश्यले उनीहरूले भेला गरेका हुन् ।

    गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्न सकिरहेको छैन ।  महाधिवेशन सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ । त्यही विषयमा छलफल गर्नका लागि बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । त्यही बैठकको पूर्वसन्ध्यामा उनीहरूले भेला गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar