मुख्यमन्त्री नियुक्ति विरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट लिएर सर्वोच्च पुगे

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौँ : मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।

    नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरू सर्वोच्च पुगेका हुन् ।

    संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध आफूहरू सर्वोच्चमा रिट लिएर आइपुगेको मधेस प्रदेशको काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले बताए ।

    मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्त असंवैधानिक तरिकाबाट भएको भन्दै ७४ जना सांसद सर्वोच्च आइपुगेको यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar