पढाउन छाडेर कसैको चुनाव प्रसारमा नजान शिक्षकलाई मन्त्री पुनको सुझाव

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं : शिक्षा मन्त्री महावीर पुनले चुनावको प्रसार–प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन नछोड्न शिक्षकहरूलाई अनुरोध गरेका छन्।  संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने तर विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न पनि नपाइने उनले बताए।

    ‘अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनैतिक पार्टीहरूको संरक्षणमा विद्यालयहरू र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पु-याउन र विद्यार्थीहरूको भविष्य सँग खेलबाड गर्न पाइने छैन।’

    उनले यो कोही कसैलाई लक्षित गरेर भन्दा पनि समग्र शिक्षा क्षेत्रको लागि अनुरोध गरेको बताए। यसमा कोही आत्तिने र मात्तिने जरुरी नरहेको पनि उनले बताए। ‘नबिराउनु नडराउनु’ उनले लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar