मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • नेपालगञ्ज, २० कात्तिक । बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । हालसम्म चार हजार १९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवा पुस्ता रहेको जानकारी दिनुभयो । उहाँले निर्वाचन कार्यालयमा दैनिक दुई सयकोे हाराहारीमा नाम दर्ता भइरहेको बताउनुभयो ।

    बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता छन । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar