बालेनविरुद्ध जाहेरी दिँदै युवा संघ

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरूद्व जाहेरी दिने भएको छ ।

    युवा संघले आज बालेनको एउटा स्टाटसलाई लिएर प्रहरीमा जाहेरी दिन लागेको हो । उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा जाहेरी दिन लागिएको बताइएको छ ।

    बालेनले दुई दिनअघि अश्लील शब्द प्रयोग गर्दै दलहरूलाई गालीगलौज गर्दै स्टाटस लेखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar