रवि भेट्न सिंहदरबार पुगिन् निकिता

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि लगिएसँगै पत्नी निकिता पौडेल पनि सिंहदरबार पुगेकी छन् । रविलाई बुधबार अपराह्न नख्खु कारागारबाट सिंहदरबार लगिएको थियो । जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो ।

    सोही स्थानमा रविलाई भेट्नका लागि निकिता पुगेकी हुन् । भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए । यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar