माओवादी, समाजवादीसहितको एकता घोषणा आज, नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौं, १९ कात्तिक । नेकपा (माओवादी केन्द्र)सहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुने भएको छ । पार्टी एकता घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुनेछ ।

    एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको पनि उनले बताए । नयाँ पार्टीको नाम भने नेपाली कम्युनिष्ट पार्टी रहनेछ भने चुनाव चिन्ह पाँचकुने तारा रहनेछ । आजको कार्यक्रममा नयाँ पार्टीको संयोजक र सहसंयोजक पनि घोषणा हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar