२० गतेभित्र नेपाल फर्कन ११ राजदूतलाई सरकारको निर्देशन

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १८, २०८२
  • काठमाडौं । सरकारले ११ देशका लागि नियुक्त नेपाली राजदूतहरूलाई स्वदेश फर्कन पत्राचार गरेको छ।

    आइतबार सर्वोच्च अदालतले राजदूतहरूलाई फिर्ता बोलाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर, त्यसको भोलिपल्टै परराष्ट्र मन्त्रालयले ती राजदूतहरूलाई नेपाल फर्की मन्त्रालयमा हाजिर हुन निर्देशन दिने पत्र पठाएको छ।

    सर्वोच्चको आदेशपछि पनि सोमबार प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरको निर्णयका आधारमा राजदूतहरूलाई नेपाल फर्कन पत्र पठाइएको हो।

    परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित पत्रमा यही मंसिर २० गते बिहीबारभित्र मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ। अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमा हाजिर रहनेगरी स्वदेश फर्कन निर्देशन दिइएको उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar