राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं, १७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आज बस्दै छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्यदिशाबारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन् ।

    पछिल्लो समय मुकुकमा भइरहेको राजनीतिक ध्रवीकरणका बारेमा बैठकमा विश्लेषण हुने तथा राष्ट्रवादी, राजावादी, हिन्दुवादी, भ्रष्टाचार तथा संघीयता विरोधी र सुशासन चाहनेहरूबीचको एकता र मोर्चाबन्दीको आवश्यकताका विषयमा पनि बैठकमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार निर्वाचन प्रयोजनका निमित्त दल दर्ता र निर्वाचन तयारीलगायत समसमायिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar