पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • पाँचथर, १७ कार्तिक । पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको हो । युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए ।

    मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

    प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar