कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो ।

    दिउँसो १ बजे बस्न लागेको बैठकमा १५ औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ ।

    बैठकमा महामन्त्री र संस्थापन पक्षले फरकफरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।

    आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar