एमालेको महाधिवेशनस्थल परिवर्तन , काठमाडौंमा हुने

  • कालिका खवर
  • शनिबार, कार्तिक १५, २०८२
  • काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले)को ११औं महाधिवेशनस्थल परिवर्तन गरिएको छ । यसअघि पोखरामा हुने भनिएको महाधिवेशन अब काठमाडौंमा गर्ने निर्णय भएको हो ।

    आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो । योसँगै अब एमालेको ११ औं महाधिवेशन निर्धारित मिति मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म काठमाडौंमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar