माओवादी केन्द्रले बोलायो सचिवालय बैठक

  • कालिका खवर
  • शनिबार, कार्तिक १५, २०८२
  • काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे निर्णय लिन महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ। बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने छ।

    नेता देवेन्द्र पौडेलका अनुसार बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायतका पार्टीसँग एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुनेछ।

    यसअघि शुक्रवार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar