पर्सामा जेन्जी संगठन विस्तार र मतदाता दर्ता अभियानमा जनमत पार्टी सक्रिय

  • कालिका खवर
  • बिहिबार, अशोज ३०, २०८२
  • वीरगंज — जनमत पार्टी पर्साले जिल्लाका विभिन्न गाउँपालिका, टोल र वडाहरूमा जेन्जी जनमत संघ गठन अभियानलाई तीव्रता दिएको छ। साथै, पार्टीले वडा स्तरीय जेन्जी मतदाता दर्ता अभियान पनि सक्रिय रूपमा सञ्चालन गरिरहेको जनाएको छ।

    जनमत युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडाहरू र ग्रामीण पालिकाका ७ वटा वडाहरूमा जेन्जी जनमत संघ गठन भइसकेको छ। उनका अनुसार कार्तिक महिनाभित्रै सबै वडाहरूमा जेन्जी जनमत संघ र युवा दस्ता गठन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

    त्यसैगरी, पर्साको वीरगंज महानगरसहित सात वटा स्थानीय तहमा मतदाता दर्ता अभियान जारी रहेको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

    पार्टीका प्रदेश सदस्य बृजेश्वर चौधरीका अनुसार जगरनाथपुर गाउँपालिका लगायत अन्य ग्रामीण क्षेत्रहरूमा पनि मतदाता दर्ता अभियानमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।

    जनमत पार्टीले नयाँ पुस्तालाई संगठनमा आवद्ध गराउँदै राजनीतिक सचेतना र सशक्तिकरणतर्फ अग्रसर गराउने उद्देश्यले यी अभियानहरू सञ्चालन गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar