रानिपोखरि प्रहरी कार्यलयलाई लुम्बिनी तन्दुरी व्यावसायिक संघको सहयोग

  • कालिका खवर
  • शनिबार, अशोज ४, २०८२
  • काठमाडौं । जेन जि आन्दोलनको क्रममा आगजनीमा परेको उपत्यका प्रहरी कार्यलय रानिपोखरी लाई लुम्बिनी तन्दुरी व्यावसायिक संघ काठमाडौको सहयोग गरेको छ ।

    २०८२ भदौ २३र २४ गतेको आन्दोलनका क्रममाउपत्यका प्रहरी कार्यलय रानिपोखरी देशकै प्रसाशकिय भबन उपत्यका प्रहरी कार्यलयमा जहाँ २६४ जना कर्मचारीको खाना खाने मेस र क्यान्टिन पुर्ण रुपमा लुटपाट र आगजनीमा परेको भएकोले सो मेस सन्चालन गर्नको लागी चाहिने सम्पुर्ण सामाग्री लुम्बिनी तन्दुरी ब्यबसायि संघ काठमाडौले उपलब्ध गराएको छ ।

    सामाग्री हस्तान्तरण कार्यक्रममा सस्थाका अध्यक्ष राम प्रसाद पोखरेल लगाएत सम्पुर्ण संघका पदाधिकारी र सो कार्यलयका प्रमुख को रोहबरमा हस्तान्तरण गरिएको छ सोही कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष राम प्रसाद पोखरेलले यस लुम्बिनी तन्दुरी ब्यबसायी संघले आपत बिपत भैपरी आउने ब्यक्ति लगाएत सस्थाहरुलाइ सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि सहयोग गर्ने जानकारी दिनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar