रविको मुद्दा रहेको फाँटमै पहिलो आक्रमण र आगजनी

  • कालिका खवर
  • शुक्रबार, अशोज ३, २०८२
  • पोखरा : पोखरामा जेनजी आन्दोलनको पहिलो दिन कास्की जिल्ला अदालत प्रमुख निशानामा परेको छ। रवि लामिछानेको मुद्दा रहेका फाँट ९ , फाँट नं. ३० बाटै आन्दोलनकारीले तोडफोड र आगजनी सुरु गरेका थिए। पूर्वन्यायाधीश राघवलाल वैद्यका अनुसार, हालको अदालत भवन पोखराको न्यायिक इतिहासको प्रतीक हो।

    अधिवक्ता भगवती पहारीले महत्वपूर्ण नजीरयुक्त मुद्दाहरू नष्ट हुँदा न्याय प्रणालीमा गम्भीर प्रभाव पर्ने चेतावनी दिएकी छन् । यो हमला योजनाबद्ध थियो कि संयोग, खुल्न बाँकी भए पनि रविको मुद्दासम्बन्धी फाँटमा सुरु भएको आक्रमणले त्यसप्रति संकेत गर्छ। अदालत प्रणालीलाई सामान्य अवस्थामा फर्काउन अझै समय लाग्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar