काठमाडौं–७ का युवा नेता किरण केसीको प्रतिबद्धता : “सहिदको बलिदान व्यर्थ हुन दिनेछैनौं”

  • कालिका खवर
  • मङ्लबार, भदौ ३१, २०८२
  • काठमाडौं। काठमाडौं–७ का एक युवा नेताले हालै सम्पन्न GenZ आन्दोलनका क्रममा देखिएको जनआन्दोलनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै काठमाडौं–७ वासीलाइ आभार प्रकट गरेका छन्।
    उनीहरूले अघिल्लो निर्वाचनमा मतदाताले दिएको विश्वासलाई स्मरण गर्दै भने, “तपाईंहरू मेरो परिवार हुनुहुन्छ। प्राप्त विश्वास केवल सम्मान मात्र होइन, गहिरो जिम्मेवारी पनि हो।”

    GenZ आन्दोलनमा उपस्थिती
    किरण केसीका अनुसार यही जिम्मेवारीले उनलाई हालैको GenZ आन्दोलनमा प्रत्यक्ष सहभागी हुन बाध्य बनाएको हो। उनले आन्दोलनलाई “हाम्रो पुस्ताको सपना, न्यायप्रतिको आस्था र उज्ज्वल भविष्यको खोजको प्रतिविम्ब” का रूपमा वर्णन गरे।

    सहिदप्रति श्रद्धाञ्जली
    आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा पशुपतिमा गरिएको अन्त्येष्टि कार्यक्रमलाई उम्मेदवारले “केवल अन्त्येष्टि मात्र नभई सामूहिक पीडा, आक्रोश र परिवर्तनको शपथ” भएको बताए।

    निरन्तर संघर्षको वाचा
    जनताको पीडा, आशा र आवाजलाई निरन्तर प्रतिनिधित्व गर्ने प्रतिज्ञा गर्दै किरण केसीले भने, “सहिदहरूको बलिदान व्यर्थ नहोस्, न्याय र परिवर्तनको यात्रा अघि बढोस्—यही मेरो संकल्प हो।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar