‘जेन-जी’ ले मन्त्रीसम्म नपत्याएपछि धरान पुगेर धुरूधुरू रोए हर्क साम्पाङ

  • कालिका खवर
  • मङ्लबार, भदौ ३१, २०८२
  • काठमाडौं, ३१ भदौ । धरान उपमहानगरका मेयर हर्क साम्पाङ जेनजी आन्दोलनपछिको परिस्थिति सम्झिँदै धरानमा पत्रकारहरूसँग भेट्दा धुरुधुरू रोएका छन्। प्रधानमन्त्री बन्ने उद्देश्यसहित काठमाडौं पुगेका उनी मन्त्री पद पनि नपाएर रित्तो हात फर्किएका हुन्।

    पत्रकार भेटघाटमा साम्पाङले आफूलाई खानेपानी वा श्रम मन्त्रीको पद दिएको भए पनि अस्वीकार गरेको बताए। “म अरूलाई ढोगेर पद पाउने खालको मान्छे होइन,” उनले भने।

    भावुक बनेका उनले विदेशीले मुलुकलाई टेकओभर गर्न सक्ने सम्भावना रहेको चेतावनीसमेत दिए। साथै, सरकारको वैधतामाथि प्रश्न उठाउँदै सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar