१८ केजी गाँजासहित दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो (कोटेश्वर) को टोलीले उनीहरूलाई पक्राउ गरी थाई गाँजा तस्करीको नयाँ प्रवृत्तिको खुलासा गरेको हो।

    पक्राउ पर्नेहरूमा भारतको पञ्जाब ठेगाना भएका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्।

    प्रहरीका अनुसार मंगलवार राती क्याथे प्यासिफिकको उडानद्वारा थाइल्याण्डको बैंककबाट हङकङ हुँदै नेपाल आएका उनीहरूले लागू औषध गाँजा लुकाइएको लगेजहरू आगमनतर्फको भन्सार एरियामा छाडेर भाग्न खोजेका थिए। सोही क्रममा विमानस्थलस्थित लागू औषध नियन्त्रण ब्युरोको टोलीले निजहरूलाई पक्राउ गरेको हो।

    अनुसन्धानका क्रममा थाइल्याण्डबाट गाँजा ल्याउने भारतीय नागरिकहरूले त्रिभुवन विमानस्थल आइपुगेपछि पक्राउबाट बच्न आगमनतर्फको भन्सार एरियामा लगेज छाडेर जाने र केही दिनपछि नेपाली एजेन्टमार्फत दाबी गरी लैजाने योजना बनाएको खुलेको छ।

    प्रहरीले उनीहरूको साथबाट १८ किलोग्राम थाई गाँजा, २ थान पासपोर्ट, २ थान मोबाइल र ४ थान झोला बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar