१ खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

  • कालिका खवर
  • बुधबार, चैत्र ११, २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम सात महिनामा नेपालले रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ।

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात उल्लेखनीय रूपमा वृद्धि भएको हो।

    देशभित्र पेट्रोलियम पदार्थको उच्च खपत, सवारी साधनको संख्या वृद्धि तथा औद्योगिक गतिविधि विस्तारका कारण इन्धन आयातमा वृद्धि भएको अनुमान गरिएको छ।

    इन्धन आयात बढ्दै जाँदा देशको व्यापार घाटा थप बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ। विज्ञहरूले वैकल्पिक ऊर्जा स्रोतको प्रयोग बढाउन र इन्धनमा निर्भरता घटाउन आवश्यक रहेको औँल्याएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar