प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ–८ बाट राजु खरेलसहित ७ जनाको सिफारिस

  • कालिका खवर
  • बिहिबार, मंसिर २५, २०८२
  • काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. ८ काे क्षेत्रीय समितिको पूर्ण बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सात जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा बागमती प्रदेशका केन्द्रीय सदस्य राजु खरेल, विजयगोपाल श्रेष्ठ, राजुराज जोशी, सपना राजभण्डारी, रविन्द्रलाल श्रेष्ठ, मुस्कानराज गौतम र डा. अमितसिंह कार्की समावेश छन्।

    क्षेत्रीय समितिको मूल्यांकन र स्थानिय तहमा भएको छलफलका आधारमा तयार पारिएको सिफारिसमा राजु खरेल सबैभन्दा बलियो दाबेदारका रूपमा रहेको बताइएको छ। क्षेत्रका मतदाताहरूको लामो समयदेखि खरेलप्रतिको विश्वास, संगठनमा उनले देखाउँदै आएको सक्रियता र विकास–निर्माणका विषयमा प्रस्तुत गरेका योजनाले उनलाई अग्रस्थानमा राखेको स्थानीय नेताहरुले बताएका छन्।
    सिफारिस सूची केन्द्रीय कार्यसमितिमा पठाइनेछ र अन्तिम निर्णय भने पार्टी केन्द्रीय नेतृत्वबाट हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar