आजपाको सुदुरपश्चिम प्रदेश कमिटीको इन्चार्जमा विक्रम वम र अध्यक्षमा केवी राउत

  • कालिका खवर
  • सोमवार, पुस २१, २०८२
  • कैलाली । आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले पुराना र नयाँ भनिएका दलहरुले मुलुकको भविष्य सुधार्न नसक्ने ठोकुवा गरेका छन् ।

    कैलालीको टिकापुर स्थित जेउनास होटलमा आज आजपाको सुदुरपश्चिम प्रदेश स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेस, एमाले, नेकपा, रास्वपा सहितका दल मुलुकको अवस्था सुधार्न नसक्ने बताउदै आजपाले मात्रै मुलुकको भविष्य बनाउन सक्ने बताए ।

    कांग्रेस, एमाले, नेकपाका नेताहरु मुलुकलाई लुटेर मोटाएको बताउदै उनले रास्वपाका नेताहरु गरिब, निमुखा, सुकुम्बासी, भूमीहिन, सडकका व्यापारी, कवाडी विरोधी भएकाले सम्पूर्ण नेपाली जनताको सच्चा पार्टी नै आजपा रहेको बताए ।

    ‘नयाँ र पुराना भनिएका पार्टीहरु उस्तै भए । कोही भ्रष्टाचार गरेर, कोही देशै लुटेर मोटाएका छन, गन्हाएका छन । नयाँहरुको कुरा के गर्नु । गरिब, सुकुम्बासी, कवाडी विरोधी छन । सडकमा व्यपार गर्नेलाई लखेटछन । यि नयाँहरुबाट पनि मुलुक बन्ने अवस्था छैन । मुलुकको सच्चा र सम्पूर्ण नेपालीको विकास चाहने, गरिब, निमुखा, श्रमजीविको पार्टी नै आजपा हो । आजपाकै नेतृत्वमा मुलुकको अर्थतन्त्र देखी राजनीतिक, सामाजिक परिवर्तन हुन्छ,’ थापाले भने ।

    रौतहटको मौलापुरमा भएको विकास जस्तै नेपालका सबै पालिकामा विकास आवश्यक रहेको उनले बताए । त्यसका लागि आजपालाई नेपाली जनताले अवसर दिए देशैभरी मौलापुर जस्तो विकास गर्ने जिम्मेवारी लिन आफूहरु तयार रहेको थापाले बताए ।

    बैठकबाट आजपाको सुदुरपश्चिम प्रदेश कमिटी पुनर्गठन गरिएको छ । विक्रम बम इन्चार्ज, केवी राउत अध्यक्ष, यादव चन्द उपाध्यक्ष, रुपा चौधरी सचिव सहित १०१ सदस्यीय प्रदेश कमिटी गठन भएको अध्यक्ष केवी राउतले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar