अमेरिका-इरान वार्ता सफल हुन लागेको भन्दै ट्रम्पलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

  • कालिका खवर
  • आइतवार, जेष्ठ १०, २०८३
  • काठमाडौँ : पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘शान्ति स्थापना गर्ने प्रयास’का लागि बधाई दिएका छन्। साथै सरिफले पाकिस्तानले चाँडै अमेरिका र इरानबिच अर्को बैठक आयोजना गर्ने आशा पनि व्यक्त गरेका छन्।

    उनले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति स्थापना गर्ने प्रयासका लागि बधाई दिन्छु।’

    उनले अगाडि लेखेका छन्, ‘आज बिहान ट्रम्पले साउदी अरेबिया, कतार, टर्की, इजिप्ट, यूएई, जोर्डन र पाकिस्तानका नेताहरूसँग उपयोगी टेलिफोन वार्ता गरे। फिल्ड मार्सल असिम मुनिरले पाकिस्तानका तर्फबाट संवादमा भाग लिए। म यस प्रक्रियामा उनको निरन्तर प्रयासको प्रशंसा गर्छु।’

    प्रधानमन्त्री सरिफले पाकिस्तानले इमानदारीका साथ शान्ति स्थापनाका लागि प्रयास जारी राख्ने र चाँडै अर्को बैठक आयोजना गर्ने आशा पनि व्यक्त गरेका छन्।

    पाकिस्तानका फिल्ड मार्सल असिम मुनिर शुक्रबार इरानको राजधानी तेहरान पुगेका थिए। त्यहाँ उनले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग राति अबेरसम्म वार्ता गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar