बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर

Sharing is caring!

मङ्सिर १०, २०७७

बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् । बेलायती सञ्चार माध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी हुन् । म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बे’वारिसे श,वहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् ।

बेवारिसे शवहरुको व्यवस्थापनको काम गर्दै आएको संस्थामा कार्यरत उनले अहिलेसम्म ३ सयभन्दा बढी बेवारिसे शवहरुको व्यवस्थापन गरिसकेकी छिन। सडकमा अलत्रप परेका शवहरु अस्पतालमा लगेर पोष्टमार्टम गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गर्ने काममा सपना निरन्तर खटिरहेकी छिन् । सपनासँगै विश्वका विभिन्न क्षेत्रमा कार्यरत अन्य महिलाहरु पनि सयजनाको सूचीमा परेका छन् । 

बीबीसीले प्रत्येक वर्ष त्यस्ता प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूची प्रकाशित गर्दै आएको छ । राजनीति, उद्यम, कला, साहित्य, राजनीति जस्ता पेसा वा सेवा मार्फत महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here