मङ्सिर ८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङको घुन्सा जादै छन्। घुन्सा फाउण्डेशनले निर्माण गरेको सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन, सीमावर्ती क्षेत्रका गाउँका स्थानीयसँगको भेटघाट र ओलाङ्चुङगोला नाकाको निरीक्षणका लागि प्रधानमन्त्री ओली ताप्लेजुङ जान लागेका हुन्।
प्रधानमन्त्री ओली बिहान ९ बजे काठमाडौंबाट घुन्सा प्रस्थान गर्ने कार्यक्रम तालिका रहेको बताइएको छ। प्रधानमन्त्री ओलीसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री रशेधन राई आउने घुन्सा फाण्डेशनका अध्यक्ष योङ्जोम शेर्पाले बताइन्। प्रधानमन्त्री आउने कार्यक्रमका लागि घुन्सामा सम्पूर्ण तयारी पुरा गरिएको घुन्साका तेन्जिङ नुपु शेर्पाले जानकारी दिए।
यसैबीच प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्साका वृद्धबृद्धालाई न्यानो कपडा वितरणको कार्यक्रम पनि रहेको बताइएको छ। करिब २ घण्टाको कार्यक्रममा सहभागी भएर विहानको खानापछि प्रधानमन्त्री ओली ईलामको सन्दकपुर जाने कार्यक्रम छ।