रुपन्देहीका ४० वर्षीय संक्रमित पुरुषको मृत्यु

Sharing is caring!

मङ्सिर ३, २०७७

लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देहीका ४० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ८ का पुरुषको आज बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतकलाई २५ गते कोरोना पुष्टि भई २६ गते अस्पताल भर्ना भएका थिए। संक्रमित पुरुषमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएकोले उनी अस्पताल भर्ना भएका थिए।

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ। उपचाररत संक्रमित १ हजार १४, संक्रमणमुक्त ६ हजार ४ सय ६९ र कुल संक्रमित ७ हजार ५ सय ४३ छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here