राष्ट्रपति पुटिन जीवित रहेसम्म कुनै मुद्दा नलाग्ने

Sharing is caring!

मङ्सिर ३, २०७७

रूसी संसदको तल्लो सदन डुमाले राष्ट्रपति भ्लादिमिर पुटिन जीवित रहेसम्म उनीविरुद्ध कुनै मुद्दा नलाग्ने एक विधेयक पारित गरिदिएको छ। 

यो विधेयकमा पुटिनका साथै उनका परिवारविरुद्ध पनि कुनै प्रकारका आपराधिक मामिलामा मुद्धा चलाउन नपाइने उल्लेख छ। गत जुलाईमा भएको एक जनमत संग्रहले पुटिनलाई संवैधानिक संशोधन गर्न सहमति प्रदान गरेको थियो।

यो विधेयक सोही संवैधानिक संशोधनको हिस्सा भएको बताइएको छ। रूसका दुवै सदनमा पुटिन समर्थकको बहुमत छ। 

राष्ट्रपतिका रुपमा पुटिनको कार्यकाल सन् २०२४ मा पूरा हुनेछ। तर, हालै संविधान संशोधन गर्दै उनको कार्यकाल त्यसपछि पनि १२ वर्षसम्म कायम हुने व्यवस्था गरिएको छ। 

पछिल्लो बचाउ विधेयकसँगै पुटिनको राजनीतिक भविष्यलाई लिएर फेरि चर्चा शुरु भएको छ। सन् २००० देखि नै पुटिन रूसी सत्ताको शीर्ष स्थानमा रहीआएका छन्। यस क्रममा उनले सक्दो शक्ति प्रयोग गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here