गायक पोखरेलको आफ्नो नयाँ गीत ‘मायालु साबुन…’ बजारमा आउँदै

Sharing is caring!

कात्तिक २३, २०७७

गायक सुगम पोखरेलले आफ्नो बिल्कुलै नयाँ गीत लिएर दर्शक तथा स्रोतामाझ आउँदैछन् । 

गायक पोखरेलले आफ्नो नयाँ गीत ‘मायालु साबुन…’ को म्युजिक भिडियो निकट भविष्यमै सार्वजनिक हुने जनाएका छन् । 

उक्त गीतको म्युजिक भिडियोको ४० सेकेण्ड लामो टिजर भरखरै मात्र उनले आफ्नो फेसबुक तथा यूट्युबबाट सार्वजनिक गरेका छन् । भिडियोको टिजरमा गायक पोखरेललाई भन्न गेटअपमा प्रस्तुत भएको देखिएको छ । 

गायक पोखरेलले उक्त टिजरलाई आफ्नै युट्यूब च्यालनमार्फत अपलोड गरेका हुन् । मायालु साबुनको भिडियो पनि सोही च्यानलबाट अपलोड हुनेछ । 

नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित दीपक घिमिरेका साथमा पूजा गिरी तथा नीभा अधिकारी फिचर्ड छन् । पदम सुवेदीले उक्त भिडियो सम्पादन गरेका हुन् भने रुपेश थापा यसका छायांकार हुन् ।विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here