राप्ती प्राविधिक शिक्षालयमा लुम्बिनी प्रदेश सरकारको हस्तक्षेप भएको आरोप

Sharing is caring!

कात्तिक २२, २०७७

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गतको दाङमा रहेको राप्ती प्राविधिक शिक्षा स्थानान्तरण नगर्न कर्मचारी संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सो शिक्षालय रहेको स्थानमा लुम्बिनी प्रदेश सरकारको आवश्यक संरचना राखिने तयारी भएको भन्दै सीटीईभीटी सम्बद्ध कर्मचारी संघ तथा राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रुपमा विरोध जनाएका हुन ।

हाल राप्ती प्राविधिक शिक्षालयले प्राविधिक तथा व्यावसायिक क्षेत्रमा वार्षिक १२ सय जनशक्ति उत्पादन गर्दै आएको र अन्य स्थानमा शिक्षालय स्थानान्तरण गर्दा सोही क्षमतामा जनशक्ति उत्पादनमा कठिनाई पर्न सक्ने विज्ञप्तीमा जनाइएको छ ।

संघका अध्यक्ष नवीन कुमार गुरुङ र संगठनका वरिष्ठ उपाध्यक्ष अर्जुन प्रसाद रिमालद्धारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, करिव १६ विगाहा जमिनमा २२ वटा भवन अत्याधुनिक प्रयोगात्मक प्रयोगशालाहरु सहित रहेको यस शिक्षालयमा एकै शैक्षिक सत्रमा करिव १२ सय जना प्राविधिक बिद्यार्थीहरु अध्ययन अध्यापन गरिरहेको अवस्थामा शिक्षालयलाई स्थानान्तरण गर्दा अन्य ठाउंमा प्राविधिक शिक्षा पठन पाठन आवश्यक भौतिक पुर्वाधार, प्रयोगात्मक प्रयोगशाला लगायतका संरचना उपलब्ध नहुने हुंदा गुणस्तरीय प्राविधिक शिक्षा संचालन गर्न कठिनाई पर्ने भएकाले शिक्षालय स्थानान्तरण गर्ने कार्य तुरुन्त रोक्न सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउंदछौं । 

हाल रहिरहेको स्थानामा शिक्षालय संचालन गर्ने वातावरण तय गर्न सो विज्ञप्ती जारी गरिएको राष्ट्रिय कर्मचारी संगठनमा उपाध्यक्ष बिजेश बस्नेतले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here